सीईओ ज्योतीप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

  • मिति : बैशाख ३१, २०८३
905 Shares

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्द्युल अजिज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै निवेदकको माग बमोजिम किन आदेश गर्नु नपर्ने हो कारण पेश गर्न भनेको हो ।

यस्तै सर्वोच्चले दुवै पक्षलाई छलफलमा पनि बोलाएको छ । पाण्डेलाई लाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।