काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्नेगरी बैठक बोलाएका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बैठकको मिति जेठ २ गते शनिबार टुंगो लागेपनि समय र स्थान टुंगो लागिनसकेको बताए ।
सचिवालय बैठकमा फागुन २१ को निर्वाचनको समीक्षा हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।