दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

  • मिति : बैशाख २३, २०८३
1.5K Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले भट्टको हकमा पाचौँ पटक र अग्रवालको हकमा छैठौँ पटक १२ दिन म्याद थप गरेको हो ।

उनीहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

यसैबीच, उनीहरुको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा पनि सुनुवाइ भइरहेको छ।