नेकपा संयोजन समितिको बैठक बस्दै

  • मिति : बैशाख १४, २०८३
1.2K Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ । यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालयका विषयमा छलफल हुने बताइएको छ ।