सुनको मूल्य वृद्धि, आज प्रतितोला २ लाख ९९ हजार नाघ्यो

  • मिति : बैशाख १३, २०८३
905 Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। महासंघले आज का लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ तोकेको छ।  शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ८३ रुपैयाँ कायम गरिएको छ।