प्रधानमन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेट

1.6K Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा दुई देशबिचको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उपसचिव अम्बिका जोशीलगायत सहभागी रहेका थिए ।