साउदीमा भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते

  • मिति : मंसिर ९, २०८३
463 Shares

काठमाडौं । साउदी अरेबियामा हुथी विद्रोहीले गरेको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन् । राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड ९पीआईएफ० टावरमा मंगलबार भएको आक्रमणमा नेपालसहित साउदी, भारतीय, र इजिप्टका नागरिक घाइते भएका हुन् ।

घाइतेको थप विवरण सार्वजनिक गरिएको छैन । घाइतेमध्ये कम्तीमा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई ‘आतंकवादी हमला’ भनेको छ ।