खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा बरामद

  • मिति : कार्तिक २६, २०८३
514 Shares

काठमाडौं : जिल्ला सप्तरी बलान बिहुल गाउँपालिका ४ स्थित सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाई राखिएको २३१ किलो ८०० ग्राम गाँजा बरामद गरिएको छ ।

आज राति अन्दाजी १ बजे उक्त स्थानमा खाल्डो खनी गाँजा लुकाई राखिएको विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गर्दा गाँजाजस्तो देखिने पदार्थ फेला पारिएको हो । उक्त स्थानमा कुनै पनि व्यक्ति फेला नपरेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।