टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा

  • मिति : कार्तिक २६, २०८३
310 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।

रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रायमाझी रिहा भएका हुन् ।

उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।