फ्लोरिडामा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • मिति : कार्तिक १६, २०८३
446 Shares

काठमाडौं । अमेरिकाको फ्लोरिडामा एउटा व्यावसायिक जेट विमान दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको दुर्घटनामा विमानमा सवार सबै ९ जनाकै मृत्यु भएको छ ।

एएफपीका अनुसार, उक्त विमान टेक्सासबाट बहामास जाँदै थियो । दुर्घटना हुनुअघि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई विमान तीव्र गतिमा तल झर्दै गरेको जानकारी गराएका थिए । त्यसको केही बेरमै विमान सडकमा ठोक्किएको हो ।

सडकमा ठोक्किएपछि विमान विस्फोट भएको र आगलागी भएको थियो । दुर्घटनाका कारण सडक छेउको जमिनमा ठूलो खाडल बनेको र आगो वरपरको क्षेत्रमा फैलिएको थियो ।

सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा विमान निकै उच्च गतिमा ठाडो रूपमा तल झर्दै जमिनमा ठोक्किएको देख्न सकिन्छ । विमान सडमा ठोक्किएपछि ठूलो आगोको मुस्लोमा परिणत भएको र सडकको छेउमा एउटा जलिरहेको खाडल बनेको देखिएको थियो ।