काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन् ।
थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, जनसरोकारका विषय तथा पार्टीको आगामी रणनीतिका बारेमा सभापति थापाले धारणा सार्वजनिक गर्ने बताइएको छ ।