काठमाडौं । पानस हर्बल उद्योग प्रालिले विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मालिसका लागि प्रयोग गर्न सकिने ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ बजारमा ल्याएको छ ।
उद्योगका अनुसार प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीको मिश्रणबाट उक्त आयुर्वेदिक मालिस तेल तयार गरिएको हो । तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुनलगायतका सामग्री समावेश गरिएको छ ।
उक्त तेल जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशी दुख्ने वा तन्किने अवस्थामा मालिसका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । मालिसका क्रममा शरीरमा आराम तथा ताजगीको अनुभूति हुनुका साथै दैनिक थकान तथा मांसपेशीमा हुने असहजतामा समेत यसको प्रयोग गर्न सकिने जनाइएको छ ।
२०० मिलिलिटरको यस तेलमा जाइफलको मालिस तेल ३० मिलिलिटर, लसुनको मालिस तेल २४ मिलिलिटर र तुलसीको मालिस तेल २० मिलिलिटर समावेश गरिएको छ । त्यस्तै, ल्वाङको मालिस तेल ६ मिलिलिटर र एलोभेरा २० मिलिलिटर रहेको कम्पनीले जनाएको छ ।
यसैगरी तेलमा अजवाइनको मालिस तेल ३० मिलिलिटर, युकालिप्टसको मालिस तेल ३० मिलिलिटर, पेपरमिन्टको मालिस तेल १० मिलिलिटर, भीमसेनी कपूरको मालिस तेल ३ मिलिलिटर र जैतुनको मालिस तेल २७ मिलिलिटर समावेश गरिएको छ ।
दुखाइ वा असहजता भएको भागमा आवश्यक मात्रामा तेल लगाई हल्का हातले केही समय मालिस गर्न सकिने बताइएको छ । आवश्यकता अनुसार दिनमा दुईदेखि तीन पटकसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त तेल बाह्य प्रयोगका लागि मात्र हो । बालबालिकाको पहुँचबाट टाढा राख्न तथा आँखा र खुला घाउमा नपार्न सुझाव दिइएको छ । तेललाई चिसो तथा ओभानो ठाउँमा प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगाएर राख्नुपर्ने जनाइएको छ ।
प्रयोगका क्रममा कुनै असामान्य प्रतिक्रिया देखिएमा प्रयोग बन्द गरी स्वास्थ्यकर्मीको सल्लाह लिन कम्पनीले सुझाव दिएको छ । स्वास्थ्यसम्बन्धी समस्या निरन्तर रहेमा वा बढ्दै गएमा चिकित्सकीय परामर्श लिनसमेत उपयुक्त हुने बताइएको छ ।
‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ को उत्पादक पानस हर्बल उद्योग प्रालि., काठमाडौं रहेको छ भने यसको बजार व्यवस्थापन अस्मी वेलनेस इन्डस्ट्रिज, ललितपुरले गर्ने जनाइएको छ । उत्पादनको परिमाण २०० मिलिलिटर रहेको छ ।
उत्पादनको दर्ता नम्बर २५/३७७/०७४/०७५, औषधि व्यवस्था विभाग नम्बर ३८६/०८१/०८२ तथा उत्पादन सूची नम्बर ११/०८३/०८४–पिएचयु–०२ रहेको कम्पनीले जनाएको छ ।