सिद्धार्थ बैंकले घोषणा गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस र १० प्रतिशत नगद

  • मिति : अशोज १, २०८३
191 Shares

काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ।

आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ काे वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीकाे २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश दिनेछ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

यसैगरी बैंकले अग्राधिकार शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।