काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफरअन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
टेलिकमका अनुसार अफरअन्तर्गत ४९९ रुपैयाँ (करसहित)मा अनलिमिटेड लाइट प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि ६९९ रुपैयाँ (करसहित)मा अनलिमिटेड प्रो प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेजअन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ । १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ ।
यो अफर यही असोज २ गतेदेखि असोज ४ गतेसम्म (तीन दिन) उपलब्ध हुनेछ । अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५*११# डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नेछन् ।