भदौ २४ को विध्वंसले देश २५ वर्ष पछि पर्‍यो, आज रमाउनेहरूले भोलि भोग्नेछन् : केपी ओली

  • मिति : भदौ २४, २०८३
667 Shares

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत भदौ २४ गतेको विध्वंसले देश कम्तीमा २५ वर्षभन्दा धेरै पछि परेको बताएका छन्।बालकोटस्थित जलाइएको घरमा पुगेका ओलीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भदौ २४ गते देशका लागि कालो दिन भएको बताए।

उनले भने, ‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ, अहिले रमाउनेहरू कम्तीमा २५ वर्षभन्दा पछाडि परेका छन्। त्यो कुरा पछि भोग्दै जाँदा थाहा पाउँछन्, अहिले रमाउनेहरूले पनि।’

हिजो गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन चेतावनी दिएका थिए। उनले हामीले उहाँहरूको प्रशंसा गर्नुपर्ने? भन्दै प्रतिप्रश्न गरे।

‘पहिले हेलिकप्टर चढेर भागेका थियौँ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौँ भने पनि जाक्दिन्छौँ भन्नुभएको छ। त्यही होइन र भन्या?’ ओलीले व्यङ्ग्य गर्दै भने, ‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए।’