सुरुङ उद्धारमा सघाउन कुलमान घिसिङ रसुवा हिँडे

  • मिति : भदौ २४, २०८३
395 Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वउर्जामन्त्री कुलमान घिसिङ रसुवातर्फ लागेका छन् । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धारमा सघाउन घिसिङ त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाले उद्वारका लागि सहयोग मागेपछि उनी त्यसतर्फ लागेका हुन् ।

विदेशी विज्ञसहितको टोलीलाई पावर हाउसभित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाको आग्रहपछि घिसिङ त्यसतर्फ लागेका उनको सचिवालयले जानकारी दिएको छ ।