त्रिशूली–१ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार

  • मिति : भदौ २०, २०८३
616 Shares

नुवाकोट । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट)को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उनलाई उद्धार गरेको हो ।

उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ ।

उनलाई बाढी गएको ११ औं दिनमा उद्धार गरिएको हो ।