ग्रीन आर्मीबारे तत्काल छानबिन गर्न सांसद भण्डारीको माग

  • मिति : भदौ १८, २०८३
327 Shares

काठमाडौँ : बाढी प्रभावित क्षत्रेमा देखिएकाे ग्रीन आर्मीको बहस सदनमा प्रवेश गरेको छ । रास्वपाका सांसद हरिमोहन भण्डारीले यसबारे छानबिन गर्न माग गरे । उनले भने, ‘यो हरियो सेना भनेको के हो? यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु ।’

पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोसाक लगाएर बाढी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ। उनले विपद्मा परेकाहरूको परिवारलाई व्यवस्थापनमा पनि सरकारको ध्यानाकर्षण गराए।