कसैको अनुहार नहेर्ने प्रधानमन्त्रीको यो के तरिका हो ? : प्रचण्ड

  • मिति : भदौ १७, २०८३
378 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूको सुझाव नसुनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले बाढीबारे ब्रिफिङ दिएको र कसैको अनुहार पनि नहेरी निस्किएकोमा आपत्ति जनाएका हुन् । प्रतिपक्षका सांसदलाई मात्रै नभइ प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, प्रतिपक्षका सांसदलाई मात्रै होइन, उहाँको कार्यशैलीले आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ? यस्तो त हुँदैन।’

सामाजिक सञ्जालमा लेखेर चुनाव जितेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेकै भरमा यो संकट समाधान नहुने बताए । उनले भने, ‘सोसल मिडियामा पोस्ट गरेर तपाईँहरूले चुनाव त जित्नुभयो, यो सङ्कट समाधान हुँदैन,’।