बिना काम बाढी प्रभावित क्षेत्रमा नजाने सांसदलाई सभापति लामिछानेको निर्देशन

  • मिति : भदौ १४, २०८३
344 Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई बिना काम हेर्नकै लागि बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन दिएका छन् ।

प्रभावित क्षेत्रमा सांसदहरू गएर तस्वीर खिचाउने लगायतका गतिविधी गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा नजाने निर्देशन दिएका हुन् । उद्धार र राहतबारे नेतासहितका सांसदसँग बिफ्रिङ लिने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।