बाढीपीडितका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सको २ लाख ५० हजार सहयोग

  • मिति : भदौ १३, २०८३
327 Shares

इटहरी । बाढीपीडितका लागि रिलायबल फुड्स एन्ड बेभरेज प्रालिको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

विपद्को समयमा प्रभावित परिवारहरूको पीडामा साथ दिँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रकम सहयोग गर्ने निर्णय गरिएको कम्पनीले बताएको छ ।

कम्पनीको यस सहयोगले बाढीप्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ । तिब्बतबाट नेपाल पसेको प्रलयकारी बाढीका कारण पाँच जिल्लाका १५ स्थानीय निकाय गम्भीर रूपमा प्रभावित भएपछि स्वस्फूर्त रूपमा सहयोग गर्ने क्रम जारी रहेको बेला इनर्जी ड्रिंक्सले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।