शंखमुलको होस्टलमा युवक हत्या प्रकरण : तीनजना पक्राउ

  • मिति : भदौ ७, २०८३
259 Shares

काठमाडौं । शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा तीनजना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव, १९ वर्षकै प्रमित पटेल र होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुर रहेका छन् । यादव र पटेल होस्टलमा बस्दै आएका थिए ।

उनीहरूले गत शुक्रबार सामान्य झगडाका क्रममा दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका थिए । गम्भीर घाइते भएका कलाथोकीको उपचारका क्रममा

सिभिल अस्पतालमा ज्यान गएको हो । प्रहरीले पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।