कोशी सरकारबाट नेपाली काँग्रेसका ४ मन्त्री र एक राज्यमन्त्रीले दिए सामुहिक राजीनामा

  • मिति : साउन २७, २०८३
310 Shares

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।

विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सामुहिक राजिनामा बुझाए पछि औपचारिक रुपमा सरकारबाट बाहिरिएको हो ।

कोशी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरु ४ वटा मन्त्रालय सहित ५ जना सहभागी थिए । राजिनामा बुझाउने बेला मन्त्री सुनुवार सहित पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी र राज्य मन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन् ।

राजीनामा पछि पत्रकारहरु संग कुरा गर्दै भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले लोकतन्त्रमा प्रतिपक्ष अत्यावश्यक भएकाले आफूहरुले एमाले र नेकपा बीचको गठबन्धन बाट बाहिरिने निर्र्णागरेको जानकारी दिए ।

एमाले र नेकपा बीच प्रदेश सरकार गठन बारे तीन बुँदे सहमति भएपछि नेपाली कांंग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । समर्थन फिर्ता लिएपनि बुधवार देखि औपचारिक रुपमा नेपाली कांग्रेस सरकारबाट बाहिरिएको हो ।