सांसदको कार्यशैलीमाथि आलोचना बढेपछि रास्वपाले प्रतिनिधिसभा, केन्द्रीय र प्रदेश सदस्यलाई प्रशिक्षण दिने

  • मिति : साउन २०, २०८३
429 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य, केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई प्रशिक्षण दिने तयारी गरेको छ ।

यसअघि दुईपटक प्रशिक्षण दिइसकेको रास्वपाले प्रशिक्षणको मोडालिटी तयार पारिरहेको छ ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यले जनताप्रतिको उत्तरदायित्व, पार्टी, सरकार र प्रतिनिधिसभाप्रतिको भूमिकालगायत विषयमा दिइने यो प्रशिक्षणलाई नियमित प्रक्रिया भएको बताए ।

उनका अनुसार, केही दिनमै प्रशिक्षण दिने मिति र स्थान तय गरिनेछ । पछिल्लो समय रास्वपाका सांसदहरूले गरिरहेको कार्यशैलीलाई लिएर पार्टीभित्रै आलोचना भइरहेको छ ।

सदनमा आफूले बोल्ने विषय एआई, च्याटजीपीटीबाट तयार पानर्ख थालेपछि सांसदहरूको आलोचना हुने गरेको छ । रास्वपाका सांसदहरू पटकपटक विवादित बनेकै कारण रास्वपाले प्रशिक्षण जरुरी रहेको जनाएको छ ।