कांग्रेसले बनायो रणनीतिक विपद् परिचालन टोली

  • मिति : साउन १९, २०८३
344 Shares

काठमाडौँ : नेपाली कांग्रेसले रणनीतिक विपद् परिचालन टोली (एसआरटी) घोषणा गरेको छ। केन्द्रीय कार्यालयमा तीन दिने ‘पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ दिएर कांग्रेसले एसआरटी घोषणा गरेको हो।

उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४० जना युवाहरूलाई पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण दिएको थियो।

जसमा ११ जना विपद् विज्ञले प्रशिक्षण दिएका थिए। विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यका साथ उक्त प्रशिक्षण दिइएको कांग्रेसको भनाइ छ।

‘सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षणमा सहभागी ४० जना युवाहरूलाई समेटेर रणनीतिक विपद् परिचालन टोली घोषणा गरिएको छ,’ केन्द्रीय कार्यालयले भनेको छ।