चारवटा संसदीय समितिको बैठक बस्दै

  • मिति : साउन १८, २०८३
2.5K Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।   लेखा समितिको बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।