काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अझै केही दिन मधेश प्रदेश मै रहने भएका छन् । मधेशमा देखिएको पछिल्लो तनावपूर्ण अवस्थालाई पूर्ण रूपमा शान्त र सामान्य अवस्थामा नफर्किएसम्म उनी काठमाडौं नफर्किने उनको सचिवालयले जनाएको छ ।
उनको सचिवालयका अनुसार गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग आवश्यक सहमति र समन्वय गरिसके पनि त्यस क्षेत्रको समग्र अवस्था सामान्य बनाउन उनले मधेशमै रहने निर्णय गरेका हुन् ।