प्रधानमन्त्री र गृहमन्त्री गम्भीर छैनन् : हर्क साम्पाङ

  • मिति : साउन १३, २०८३
446 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी घटनामा प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुधन गुरूङ गम्भीर नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले देश संकटमा रहेका बेला सम्पर्कविहीन भएर बस्नु गैरजिम्मेवार हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “प्रधानमन्त्री र गृहमन्त्री गम्भीर छैनन् । देश अशान्त भइरहँदा फोन अफ गरेर बस्नु हुँदैन । समाजलाई बुझ्न नसक्नु नै सरकारको असफलताको कारण हो । यथार्थ तीतो हुन सक्छ, ओखती पनि तितै हुन्छ । प्लिज, बी सिरियस एन्ड अकाउन्टेबल ।”

साम्पाङले पछिल्ला घटनाक्रमलाई संकेत गर्दै सरकारलाई संवेदनशील, जिम्मेवार र जनताप्रति जवाफदेही बन्न आग्रह गरेका छन् ।