माइतीघरमा लघुवित्त पीडितको सामूहिक अनसन

  • मिति : साउन १२, २०८३
446 Shares

काठमाडौं । वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले काठमाडौंमा सामूहिक अनसन सुरु गरेका छन् ।

देशका विभिन्न भागबाट काठमाडौं आएका पीडितहरूले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनसन सुरु गरेका हुन् ।

लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौँ परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

लघुवित्तका कर्मचारीहरूले घर घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटकपटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको रौतहटबाट आएकी शिलम यादवले बताइन् ।

पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौंमै प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।