कम्युनिस्ट आन्दोलन फेरि एकताबद्ध हुनुपर्छ : प्रचण्ड

  • मिति : साउन १०, २०८३
259 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको वर्तमान अवस्थामा पुष्पलाल र नरबहादुरजस्ता नेताहरूको योगदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र जीवित बनाउनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय स्वाधीनतामाथि आएको संकटको समाधान गर्न, निरंकुश प्रवृत्तिविरुद्ध संघर्ष गर्न र दृढ संकल्पका साथ अघि बढ्न समर्पित हुनुपर्ने धारणा राखे । प्रचण्डले पुष्पलालका सहयोद्धाको रूपमा नरबहादुर कर्माचार्यले मजदुर आन्दोलन, वर्ग संघर्ष र क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।