झापा । बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको टोलीले शुक्रबार राति करिब ११ः०० बजे लागूऔषध कारोबार गर्ने दुई जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन् । उनीहरुको साथबाट दुई ग्राम ८४० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।