नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ रिमाल पक्राउ

  • मिति : साउन ७, २०८३
446 Shares

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा उनी पक्राउ परेका हुन् ।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौं महानगरपालिका, ७ सिफलबाट पक्राउ गरेको हो ।

रिमाल नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक भट्टसमेत भएको बीमा ऐन, २०७९ अन्तर्गत र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका थिए ।

बिहीबार उनलाई जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । उनीविरुद्ध मुद्दा दायर भएपछि नेपाल माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट निलम्बनमा रहेका छन् ।