भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एक जनाको मृत्यु

  • मिति : साउन ५, २०८३
344 Shares

काठमाडौँ : भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा बिबाद हुँदा कुटाकुटबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भइ हाल सल्लाघारी बस्ने राज कार्की रहेका छन्।

घ्याम्पेडाँडामा आइतबार राति जन्मदिन मनाउन उनीसहित ३०-४० जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको डीएसपी कार्कीले जानकारी दिए।

विवादका क्रममा हानाहान हुँदा राज गम्भीर घाइते भएका थिए। उनको मंगलबार मृत्यु भएको हो। घटनास्थलमा रहेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। राजको शव दुवाकोट अस्पतालमा राखिएको छ।