संसद्‍मा पार्टीको भूमिका प्रभावकारी बनाउन सांसदहरूसँग अन्तरक्रिया गर्दै एमाले

  • मिति : साउन ३, २०८३
684 Shares

काठमाडौं । नेकपा (एमाले)ले संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन आज (आइतबार) आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्दैछ ।

पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजे केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम हुन लागेको हो ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मार्गनिर्देशन गर्नेछन् ।

यसैगरी, महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्नेछन् भने संसद् सचिवालयका पूर्वसचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

​कार्यक्रम पार्टीको संसदीय विभागले आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी हुन सबै विभागका प्रमुख तथा पूर्वसदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहनेछ ।