आजदेखि पूरा सिलिन्डर ग्यास पाइने​, मूल्य कति ?

  • मिति : असार ३१, २०८३
786 Shares

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते)देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको छ ।

ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्ति अनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि भारतबाट ग्यास आयातमा समस्या आएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ केजी) मा मात्र ग्यास भरेर बिक्री वितरण गर्दै आएको थियो ।

हाल आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुनः पुरानै व्यवस्था लागू गरिएको निगमले जनाएको छ ।