चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि डोजर तथा अन्य मेसिन परिचालन गरेर सडकमा खसेको बाँकी पहिरो हटाइएपछि सवारीसाधन दुवैतर्फ सञ्चालनमा ल्याइएको हो ।
लगातारको वर्षापछि सडकका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि अहिले सवारी आवागमन सहज बनेको सडक डिभिजनले जनाएको छ । पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ ।