हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोक

  • मिति : असार २९, २०८३
633 Shares

हेटौँडा : निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी आवागमन रोकिएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी–काठमाडौं सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै ती दुई मुख्य सडकखण्डमा सवारी साधन सञ्चालन रोकिएको जनाएको छ। वर्षाका कारण विभिन्न सडक अवरुद्ध भई सडक यातायात प्रभावित भएको र उच्च जोखिमको अवस्था सिर्जना भएकाले आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।