९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

  • मिति : असार २२, २०८३
599 Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो आइतबार सुन २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।