काठमाडौं । जारी फिफा विश्वकप २०२६ को समूह जीमा इरानले अमेरिकाको लस एन्जलस रंगशालामा न्युजिल्यान्डविरुद्ध २–२ गोलको बराबरी खेलेको छ ।
न्युजिल्यान्डका एलिजाह जस्टले सुरुवाती ७ औं मिनेटमै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।
तर इरानका रामिनले ३२ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।
दोस्रो हाफमा न्युजिल्यान्डका एलिजाहले ५५ औं मिनेटमा दोस्रो गोल गरे । त्यसपछि ६४ औं मिनेटमा इरानका मोहबद मोहेबीले हेडर गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
कडा प्रतिस्पर्धाको खेलमा इरानले गोल गर्ने धेरै अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने असफल भयो ।