काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबीन आयोगलाई सम्पत्ति विवरण नदिने बताएका छन् ।
काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षीलाई फसाउन बनाइएको आयोगलाई अस्वीकार गर्ने स्पष्ट पारेका हुन् ।
‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’
आफूसँग केही पनि सम्पत्ति नभएको प्रष्ट पार्दै उनले विवरण नभर्ने बताए ।
‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?,’ उनले भने ।