काठमाडौं । लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठनबन्धन सरकारबाट एमाले तर्फका चारजना मन्त्रीले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा मन्त्री भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरी रहेका छन् । सरकारमा नयाँ अनुहारलाई अवसर दिन मन्त्रीलाई राजीनामा गराइएको बताइएको छ ।