काठमाडौँ : पूर्वगृहमन्त्री रमेश लेखकको क्षेत्रका वडा सभापतिहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने भएका छन् ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उपस्थित कञ्चनपुर–३ का २० वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने बताएका हुन् ।
क्षेत्रीय सभापति केशव चन्दका अनुसार भीमदत्त नगरपालिकाका १९ र वेदकोट नगरपालिकाको एक वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने निर्णय गरेको हो।