पार्टी एकताका लागि हर्क साम्पाङले कुलमान घिसिङलाई पठाए निम्तो

  • मिति : जेष्ठ १४, २०८३
752 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टी एकताका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई निम्तो पठाएका छन् ।

साम्पाङले सामाजिक सञ्जालमार्फत घिसिङलाई एकताका लागि निम्तो पठाएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब. देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ??? यस्तो नि हुन्छ ??? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’