काठमाडौँ : काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–३, नारायणस्थान चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
नारायणस्थान चोकमा बा. ५१ प ६८४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गोरखा घर भई हाल काठमाडौँ महानगरपालिका–३, बाँसबारीमा बस्दै आएका ३० वर्षीय आशिष गुरुङ घाइते भएका थिए। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।
उनको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। उनी मोटरसाइकल चालक हुन्। दुर्घटनामा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।