मोटरसाइकलको ठक्करबाट ७० वर्षका वृद्धको मृत्यु

  • मिति : जेष्ठ ३, २०८३
599 Shares

काठमाडौँ : झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। गएराति कमल गाउँपालिका- १ इट्टाभट्टास्थित भित्री सडक खण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय ७० शंखर प्रसाद ढुंगाना रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सुरुमा उपचारको लागि निम्स अस्पताल दमकमा पुर्‍याएको थियो।

थप उपचारको लागि राति उनलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। राति पौने १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय लुडो सतारलाई प्रहरीले नियन्त्रणमा राखेको छ।