प्रधानमन्त्रीको व्यवहार अत्यन्तै गैरजिम्मेवारपूर्ण : पौडेल

  • मिति : बैशाख ३१, २०८३
701 Shares

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को डेढ महिने कार्यकालले संसदीय व्यवस्था कमजोर पारेको बताएका छन् । बुधबार फेसबुकमार्फत पौडेलले धारणा सार्वजनिक गर्दै यस्तो बताएका हन् ।

‘प्रधानमन्त्रीको पछिल्लो डेढ महिनाको कार्यकालले संसदीय व्यवस्था र लोकतान्त्रिक जवाफदेहितालाई झनै कमजोर बनाएको छ,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘सुविधाजनक बहुमत हुँदाहुँदै संसद्लाई छलेर अध्यादेश ल्याइनु, नियमावलीमार्फत मूल ऐन मिच्नु, सम्माननीय राष्ट्रपतिले वाचन गरिरहेको सरकारकै नीति तथा कार्यक्रम बहिष्कार गर्नु र सांसदहरूलाई जवाफ दिन संसद्मै उपस्थित नहुनु सामान्य पदीय कमजोरी होइन ।’