काठमाडौं । प्रधानमन्त्री नियुक्त भएदेखि मौन रहँदै आएका प्रधानमन्त्री बालेन्द्र साहले आज पनि संसदमा नबोल्ने भएका छन् ।
आज नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेपनि बालेनले जवाफ नदिने भएका हुन् ।
सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने भन्दै संसद् सचिवालयलले सूचना जारी गरेको थियो।
बालेनको तर्फबाट संसद्मा उठेका प्रश्नको जबाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएका हुन् ।