भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित, के होला कारण ?

  • मिति : बैशाख २५, २०८३
616 Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगित गरिएको छ । यसअघि मिश्री आगामी मे ११ देखि दुई दिने नेपाल भ्रमणमा आउने तय भएको थियो ।

नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। मिश्रीको नेपाल भ्रमण के कारणले स्थगित गरिएको हो भन्ने बारेमा स्पष्ट खुलाइएको छैन ।

पछिल्लो समय नेपाल र भारतबीच लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद फेरि बढिरहेको छ । जसलाई मिश्रीको भ्रमण रोकिनुको कारण हुन सक्ने जनाइएको छ ।

यसैगरी, प्रधानमन्त्री बालैन्द्र साह प्रधानमन्त्री बनेपछि उनले कोही पनि विदेशी उच्चाधिकारीसँग भेट गरेका छैनन् । जसले गर्दा पनि मिश्री नेपाल नआउने भएका हुन सक्छन् ।