काठमाडौँ : काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका-४ तालिन चोकमा बा.प्र.०२-०५५ प २१२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
करिब २५ वर्षीय युवकको सनाखत हुन बाँकी छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।