महान्यायाधिवक्ता कँडेलविरूद्वको रिटमा कारण देखाउ आदेश जारी

  • मिति : बैशाख १०, २०८३
259 Shares

काठमाडौं । महान्यायाधिवक्ता नायरायणदत्त कँडेलविरूद्वको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश गरेको हो ।

अधिवक्ताहरु माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै रिट दर्ता गरेका थिए ।

कँडेल महान्यायाधिवक्ताका लागि अयोग्य रहेको दावी गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कडेललाई गत चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।